काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
दोस्रो पटक दर्ता गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार उनलाई रिहा गर्न निर्देशन दिएको हो ।
उनका छोरा निराजन प्रसाईँले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यसअघि सर्वोच्चले बन्दी झिकाउन आदेश दिएको थियो।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईँलाई छाड्न सरकारलाई बिहीबार आदेश दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो