काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडे । अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान गरे ।
तर मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा २ सय रनको आँकडा भने पूरा गर्न सकेन। सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए।
उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका थिए।
उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए।
त्यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए। जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १-१ विकेट लिएका थिए।