काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा उपविजेता टोली सुदूरपश्चिम रोयल्सका फास्ट बलर स्कट कुगलेइन सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।
उनले ९ खेलमा १७ विकेट लिए । उनले पोखराविरुद्ध ५ विकेट लिएका थिए ।
समान १७ नै विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशी दोस्रो स्थानमा रहे । उनले १० खेलमा सो विकेट लिएका हुन् । उनले उत्कृष्ट प्रदर्शन काठमान्डु गुर्खाजविरुद्ध रह्यो । उनले ८ रन खर्चेर ३ विकेट लिएका थिए । उनले प्रतियोगितामा ५ मेडन ओभरसमेत बलिङ गरेका छन् ।
तेस्रो स्थानमा चितवन राइनोजका फास्ट बलर सोहेल तानबिर छन् । उनले ८ खेलमा १४ विकेट लिएका छन् । उनले आफ्नो पहिलो खेलमै काठमान्डुविरुद्ध ५ विकेट लिएका थिए ।
चौथो स्थानमा जनकपुर बोल्ट्सका फास्ट बलर किशोर महतो रहेका छन् । उनले १४ विकेट लिएका छन् ।
साथै, पाँचौ स्थानमा कर्णाली याक्सका आइकोनिक प्लेयर विपिन शर्मा रहे । उनले ८ खेलमा १३ विकेट लिएका छन् । उनी एनपीएलका सबैभन्दा कान्छा खेलाडीसमेत हुन् ।
एनपीएलको पहिलो संस्करणमा विजेता टोली जनकपुर बोल्ट्सका लाहिरु मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
उनले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ८७ रन बनाएका थिए । उनले ९ खेलमा २९३ रन जोडेका छन् । उनले ८७, २, १२, १, १६, ७, २४, ४५, २४ र ७५ रन बनाए ।
दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा रहे । ८ खेलमा २८६ रन बनाएका बोपारा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका हुन् । उनले ३ अर्धशतक प्रहार गरे । उनले ५३, ४४, २०, १२, ३६, ५९, ५१ र ११ रन बनाएका छन् ।
नीभन्दा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ७ रनले पछि परे । पौडेलले ७ खेलमा २७९ रन बनाए । उनले दुई अर्धशतक बनाएका छन् ।
उनले १०, ८, ८०, ३५, ५, ९५ र ४६ रन बनाए । उनले पोखरा एभेन्जर्सविरुद्ध बनाएको ९५ रन सर्वाधिक हो ।
यस्तै, सर्वाधिक रन बनाउनेमा सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैब चौथो स्थानमा छन् । उनले ९ खेलमा २७५ रन बनाए । त्यसक्रममा उनले अर्धशतक प्रहार गरे ।
पाँचौ स्थानमा जनकपुरका जेम्स निशम छन् । उनले २४७ रन बनाएका छन् ।