विभिन्न कामको प्रलोभन देखाएर नेपाली युवालाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस नजान भन्दै नेपालीका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एडभाइजरी जारी गर्दै ती देशहरूमा जबरजस्ती अवैध काममा लगाइएको पाइएको समेत उल्लेख गरेको छ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न पनि मन्त्रालयले ट्राभल एड्भाइजरीमा आग्रह गरेको छ।