काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले उनी निलम्बित भएको जानकारी गराएको छ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना निकालेर जनाएका छन्।
सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरणलगायत कसुरमा मुद्दा परेपछि सचिवालयले आज उनी निलम्बनमा परेको सूचना निकालेको हो।
रास्वपाले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको थियो।