काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी कर्मचारीले सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट उत्पादन भएका वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ पारित गरेकोमा मन्त्री भण्डारीलाई कीर्तिपुर उद्योग वाणिज्य संघ, संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश केन्द्रीय सदस्य तथा पर्यटन विकास समिति सभापति राज्यलक्ष्मी शाक्यले हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।
मन्त्री भण्डारीलाई यस महान कार्यलाई शीघ्र कार्यान्वयन गर्नका निम्ति सथासक्य सम्पूर्ण सम्बन्धित निकायहरुसँग समन्वय गरी हामी महिलाहरुबाट उत्पादित हस्तकला सामग्रीहरु सरकारीस्तरमा प्रयोगमा ल्याई नेपालको अर्थतन्त्रलाई अझ टेवा पुर्याउन हामी सधैँ तत्पर रहेका छौँ भन्दै हामीलाई हौसला मिलेको छ सभापति शाक्य भन्नुभयो ।
सभापति शाक्यले तत्पश्चात स्वरोजगारको पनि वृद्धि विकास हुने विश्वास ब्यक्त गर्दै स्थानीय सरकार विकास समिति २०१३ वमोजिम गठित समिति, नेपाल सरकार, प्रदेश सरकार, संघीय सरकार, स्थानीय सरकारअन्तर्गत निर्देशिकाको बुँदा नं ५ को उपदफा २ वमोजिम भनिएको हरेक सार्वजनिक निकायबाट हुने गोष्ठी वा सेमिनार कार्यक्रममा आवश्यक पर्ने स्वदेशी वस्तुहरुको प्रयोग ल्याई निजी क्षेत्रका छाता संगठन वा वस्तुगत संघसँग आवश्यक समन्वय र सहकार्य गर्नको निम्ती मन्त्रीबाट अहम भूमिका निर्वाह गर्नुहुने तथा सकारात्मक सन्देश सम्प्रेशण हुने कुरामा विश्वस्त छौँ । साथै हामी सबै उद्योगी, उद्यमी ब्यवसायीहरुको तर्फबाट हार्दिक मंगलमय शुभकामनासहित फेरि पनि हृदयदेखि कृतज्ञता ब्यक्त गर्न चाहन्छौँ ।