काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका छन् । उनी बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । आज साँझ यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सट सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वगत गरेका छन् ।
क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ। कन्सर्टका लागि सोनु केही समयमा काठमाडौं ओर्लिदै छन्।
कन्सर्टका लागि ४ बजे गेट खुल्नेछ। सोनु ७ बजे स्टेज उक्लिनेछन्। उनले कन्सर्टमा भारतीयसहित केही नेपाली गीत समेत गाउनेछन्।
उनले स्वर दिएका ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली–डालीमा’ जस्ता नेपाली गीत निकै लोकप्रिय छन्।
नेपाली–टच नेपालले कन्सर्ट आयोजना गरेको हो।
आयोजकका अनुसार कन्सर्टका लागि ७ हजार हाराहारी टिकट बिक्री भएको छ। १० हजार दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा छ।
कन्सर्टमा १० हजार दर्शकको उपस्थिति हुने आयोजकको अपेक्षा छ । आयोजकले त्यही अनुसारको मञ्च व्यवस्थापन लगायत सबै गरिसकेको छ ।