images
images

प्रधानमन्त्रीमाथि चलाइएका भ्रमहरु साफ भएर सत्य स्थापित भएको छ : सांसद दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताउनुभएको हो ।

सांसद दाहालले निश्चित उद्देश्यसहित चलाइएको भ्रम हटेर सत्य स्थापित भएको बताउनुभयो । आगामी दिनमा संसदलाई नीति निर्माण र ऐन, कानून निर्माण गर्ने आफ्नो भुमिकालाई इमान्दार भएर निर्वाह गर्नुपर्ने प्रधानन्त्रीको अभिव्यक्तिलाई सोमबारको बैठकमा सबैले महशुस गरेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले संसद अवरोध हटाउने नाममा प्रधानमन्त्रीले कुनै खालका अनुचित सम्झौता नगरेको पनि स्पष्ट पार्नुभयो ।

सांसद दाहालले सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा सरकारले कसैसँग कुनै खालको सम्झौता नगर्ने बताउनुभयो ।