images
images

भुटानी शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडियो योजनावद्ध हो : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनावद्ध रुपमा रेकर्ड गरिएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपमा रेकर्ड गरिएको बताउनुभएको हो ।

आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनावद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उहाँले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले तथ्यहिन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद राणाले अमरेशकुमार सिंहविरुद्ध आफूले मानहानीको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौति समेत दिनुभयो ।