images

रास्वपाको विस्तारित केन्द्रीय समिति बैठक पुस १९ बाट

काठमाडौं, १३ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । आज बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी पुस १९, २० र २१ गतेका लागि केन्द्रिय समितिको बिस्तारित बैठक बोलाएको हो ।

कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसमायिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए भने कावा महामन्त्री कवीन्द्र बुर्लाकोटीले ६० जिल्लामा भेला सम्पन्न भएको विवरण पेश गरेका छन ।

बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङ घर भएका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरेकाे छ । संगठन विभागमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका विमल तिवारीलाई मनोनीत गरिएको छ ।