images
images

प्रेस सेन्टर गोरखाको अध्यक्षमा राजेश पौडेल निर्वाचित

प्रेस सेन्टर नेपाल गोरखा जिल्ला समितिको अध्यक्षमा राजेश पौडेल निर्वाचित भएका छन् ।

शनिवार भएको पाँचौ अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा धनबहादुर तामाङ, महिला उपाध्यक्षमा अस्मिता सिंखडा, सचिवमा यम बसेल, सहसचिवमा अमृत बिक, बिमल श्रेष्ठ र कोषाध्यक्षमा अभिषेक तामाङ चयन भएका छन् । सदस्यहरुमा सुरजसागर कुमाल र सुरज गुरुङ रहेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज अमर तमु, लगायतको सहभागीता रहेको थियो ।