images

परराष्ट्रमन्त्री राणाद्वारा प्रमुख हमालको स्वास्थ्यबारे जानकारी

कैलाली- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन्।

उनले शनिवार धनगढीस्थित नगरप्रमुख हमालको निवास पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन्।

भेटका क्रममा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । मन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नगरप्रमुख हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए।

नगरप्रमुख हमाल केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीमा उपचार गरेपश्चात हाल घरमै स्वास्थ्यलाभ गरिरहेका छन्।