images
images
images

अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो

टोरन्टो – एयर क्यानडाको एउटा विमानमा आगलागी भएको छ। ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेको हो।

विमानस्थलमा विमानले डरलाग्दो गरी अवतरण गरेको थियो।  यसै क्रममा विमान धावनमार्गबाट ​​चिप्लियो र ल्यान्डिङ गियर बिग्रियो।

केही बेरमै विमानमा आगो लाग्यो। तर यस घटनामा कुनै हताहतीबारे तत्काल कुनै जानकारी छैन। दक्षिण कोरियामा धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पर्खालमा विमान ठोक्किएर ठुलो सङ्ख्यामा हताहत भएको केही बेरमै यो घटना भएको हो।

विमान क्यानडाको क्षेत्रीय विमान सेवा प्रदायक कम्पनी पीएएल एयरलाइन्सको भएको बताइएको छ। यो विमानले सेन्ट जोन्स र ह्यालिफ्याक्सबिच यात्रा गरिरहेको थियो। दुर्घटनाबारे थप जानकारी आउन बाँकी भएको बताइएको छ।