images
images

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौँ – सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

जिल्लाको सुर्केबाट काठमाडौँका लागि मंगलबार बिहान उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

उक्त हेलिकोप्टरमा पाँच जना विदेशी र एक जना पाइलटसहित ६ जना रहेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

प्रवक्ता सिटौलाका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकोप्टर बिहान करिब १०:१५ मिनेटपछि सम्पर्कविहीन भएको हो।

चेत गुरुङले उडाएको उक्त हेलिकोप्टरको खोजी कार्य जारी छ।