images
images
images

परराष्ट्रमन्त्री राणाद्वारा भारतीय दूतावास पुगेर सिंहप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेकी छन्।

आइतबार साँझ काठमाडौँस्थित भारतीय राजदूतावास पुगेर मन्त्री राणाले स्वर्गीय सिंहको स्मृतिमा दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट सिंहप्रति श्रद्धाञ्जली अर्पण गरिन्।

मन्त्री राणाले शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र भएको स्मरण गरेकी छन्।

डा सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ बर्षको उमेरमा निधन भएको थियो।