images

घुस रकमसहित शाखा अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ-राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौँका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाईँ रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पक्राउ परेका प्रसाईँमाथि थप अनुसन्धान भइरहेको छ ।

उनीमाथि पेन्सनपट्टा बनाइ दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको आरोप  छ ।