images
images
images

नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली सिनियर डिसिइओमा बढुवा

काठमाडौँ– नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्।

बैंकको सञ्चालक समितिले गत बिहीवार गरेको निर्णय अनुसार आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो ।

उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। यसअघि ज्ञवाली डेपुटी सीइओ थिए।

अब उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सीइओ हुनेछन्।

सुजित शाक्य यसअघि सो बैंकमा सिनियर डेपुटी सीइओका रुपमा छन् ।