images

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीद्वारा कर्मचारीहरूलाई निर्देशन

काठमाडौं, १६ पुस – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शरत सिंह भण्डारीले सोमबार जिल्ला प्रशासन कार्यालय महोत्तरीका कर्मचारीहरूलाई निर्देशन दिए ।

निर्देशन कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर ३ का माननीय सांसद एवं लोसपाका राष्ट्रिय अध्यक्ष माननीय महन्थ ठाकुरसहित मधेश प्रदेश सरकारका शिक्षा संस्कृति मन्त्री रानी शर्मा, प्रदेश सभा सदस्यहरु जैनुल राईन र रमिता प्रधान सहभागी भएका थिए ।

त्यस्तै माननीय मन्त्री शरत सिंह भण्डारीले र अध्यक्ष माननीय महन्थ ठाकुरले आजै जलेश्वर उद्योग वाणिज्य संघमा विकास बारे छलफल गरे ।

साथै नव निर्वाचित अध्यक्ष शिवचन्द्र चौधरीसहित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिए ।