images
images

मनाङ एयरको हेलिकोप्टर दुर्घटना: पाँचवटा शव भेटिए, एउटा शवको खोजी कार्य जारी

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको छ । दुर्घटनास्थलबाट पाँच जनाको शव भेटिएको र एक जनाको खोजी कार्य भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

उनका अनुसार रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको अनुमान छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको  हेलिकोप्टर लिखुपिके गाउँपालिका५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए । उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए ।

एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।