images

एमाले छाडेको घोषणा गर्दै सर्वेन्द्र खनाल

काठमाडौं, २१ पुष – नेकपा एमामालेमा रहेका नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले पार्टी छाडेको घोषणा गरेका छन्।

खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छाडेको घोषणा गरेका हुन्।

‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन,’ आइतबार बिहान फेसबुकमा खनाल लेख्छन्,’राष्ट्रघाती दोषीहरुलाई कानुनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

प्रहरीमा अवकांश भएपछि २०७९ असोज ६ मा एमालेमा प्रवेश गरेका उनले आज(२०८१ पुस २१)बाट परित्यागको घोषणा गरेका हुन्।

खनालले काठमाडौं- ६ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी हुँदा उनी तेस्रो स्थानमा थिए। त्यसपछि तनहुँमा भएको उपनिर्वाचनमा पनि उनले उम्मेदवारी दिए। त्यहाँ पनि रास्वपका स्वर्णिम वाग्लेले विजयी भए भने उनी तेस्रो स्थानमै सिमित भए।