images
images

अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेकालाई सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रम स्थगित

काठमाडौँ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रम स्थगित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आजका लागि आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हो ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो । सामाजिक सुरक्षा कोषले प्रधानमन्त्रीको प्रमुख आथित्वमा योजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगित गर्न आग्रह आएपछि कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए । अब उपयुक्त समयमा कार्यक्रम आयोजना गरिने रेग्मीले बताए ।

कोषले यसअघि प्रधानमन्त्रीकै उपस्थितिमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सुरक्षा योजनामा समावेश गरेको थियो ।