images
images

मधेशी दलबीच सहकार्य र एकता गर्न लोसपाले बनायो समिति

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशी दलबीच सहकार्य र एकता गर्न वार्ता समिति गठन गरेको छ ।

राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्दै लोसपाले जितेन्द्र प्रसाद सोनारको नेतृत्वमा वार्ता समिति बनाएको हो ।

वार्ता समितिमा जितेन्द्रसँगै उमाकान्त झा, रामप्रकाश चौधरी, सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेश केन्द्रित पार्टीहरू बीच संवाद , सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्ने गरी पार्टी एकीकरण गर्ने सम्मको सम्भावनाको खोजी तथा परिणाम मुखी बनाउनको लागि तपशील बमोजिमको समिति लोसपाले गठन गरेको व्‍यहोरा जानकारी गराउँदछु।’

 

यसैबीच लोसपाले कडाव व्यवसायीले विगत केही समयदेखि काठमाडौँमा गरिरहेको संघर्षप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव मनिषकुमार मिश्रले आज विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायलाई उचित व्यवस्थापनविना भौतिक संरचना तोडफोड र व्यवसायीलाई धरपटक गरी आतङ्कित तुल्याएको स्थितिप्रति ध्यानाकर्षण भएको जनाए।