images
images

आमा‍‍‍‍‍…’ भन्दै बेस्सरी रोए । छोरीहरु भावविह्वल बनेपछि

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनपछि दुई छोरी भावविह्वल बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा दुई छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका हुन् ।  आमाको बुधबार बिहान निधन भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी दाहाल काठमाडौँ आएकी थिइन् । विमानस्थलबाट सिधै नर्भिक पुगेकी उनी त्यहाँ पुगेपछि भावविह्वल बनेकी थिइन् । यस्तै रेनुकी बहिनीसमेत रहेकी गंगा पनि उस्तै भावविह्वल बनिन् ।

आमाको पार्थिव शरीर नजिक उभिएका उनीहरु आँखामा बलिन्द्र आँशु बनाउँदै ‘आमा‍‍‍‍‍…’ भन्दै बेस्सरी रोए । छोरीहरु भावविह्वल बनेपछि नजिकै रहेका प्रचण्डले छोरीहरुलाई सम्झाउने र सम्हाल्ने प्रयास गरेका थिए । आफूपनि भावुक भएका प्रचण्डले छोरीहरुको काँधमा हात राखेर ‘अब जे नहुनु भयो…म छु तिमीहरुको साथमा…’ भन्दै सम्हाल्ने प्रयास गरेका थिए ।

लामो समय पार्किन्सनसम्बन्धी रोगबाट ग्रसित सीता दाहालको विभिन्न अस्पतालमा उपचार भएको थियो ।  तर, स्वास्थ्यमा उनको थप जतिलताहरु आउँदा पछिल्लो समय नाजुक अवस्था बनेको थियो ।  यस्तो बेलामा प्रचण्डले व्यस्तताका बीच पनि श्रीमती सीताको निकै ‘केयर’ गर्ने गरेको सचिवालयका अधिकारीहरु बताउँछन् ।

समयमा औषधि खुवाएको–नखुवाएको, स्वास्थ्य अवस्थाबारे उनले उपत्यकाबाहिर र काममा व्यस्त हुँदासमेत सहयोगीहरुलाई फोन गरेर अपडेट लिने गरेको सचिवालयका एक सदस्यले बताए । यस्तै फुर्सदमा सीताको नजिक बस्ने कुराकानी गर्नेसहित निकै माया र हेरचाह गर्ने गरेको पनि ती अधिकारीको भनाइ छ । सीताको उपचारका लागि प्रचण्ड भारतदेखि सिंगापुर र अमेरिकासम्म धाएका थिए ।