काठमाडौं– पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार कैफियत आदेश माग भएको हो।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रतीकलाई थुनामा राख्नुपर्ने भनी उच्च अदालतले गरेको आदेश झिकाउने आदेश गरेको हो।