images

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई  पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।

अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनिललाइ पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर  बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिए ।

केही दिन अघि मात्रै सभापति पोखरेलले स्वकिय सचिव अनिललाइ बर्खास्त गरेका थिए ।