images

७ जिल्लाको प्रजिअ फेरिए, काठमाडौँमा ऋषिराम तिवारी

काठमाडौँ – गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । काठमाडौँको प्रजिअमा ऋषिराम तिवारीलाई ल्याइएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।

काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सुनसरीको प्रजिअमा धर्मेन्द्र कुमार मिश्र, कैलालीमा गोगन बहादुर हमाल,  सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपाल कुमार अधिकारी र सल्यानमा सवित्रा पुन लाई सरुवा गरिएको छ ।

सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।