images
images

मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय : पार्थिव शरीर पशुपति लगियो

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्तिम संस्कारका लागि पार्थिव शरीर पशुपति लगिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनको पार्थिव शरीर पशुपति लगिएको हो ।

आज (बुधबार) विहान ८ः३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । राजकीय सम्मानसहित उनको अन्तिम संस्कार गरिने तयारी रहेको छ ।

त्यस्तै  सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मध्यान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले स्व.दाहाललाई नेपाली सेनाको एक टुकडीद्धारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको पनि बताउनुभयो ।

बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।