काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।
मंगलबार बिहान ६ बजेर ५१ मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।
एन्ड्रोडड अलर्ट सिस्टमका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु तिब्बतमा रहेको थियो। भूकम्प ५.३ रेक्टर स्केलको रहेको पनि अलर्ट सिस्टमले उल्लेख गरेको थियो।
भूकम्पको धक्काले काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।