काठमाडौं – नगरप्रमुख कृष्णमान डंगोलको अध्यक्षतामा २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस-२०८१ विपत ब्यवस्थापन बिशेष बैठक सम्पन्न भएको छ ।
बैठकमा उपप्रमुख शुभलक्ष्मी शाक्य, कीर्तिपुरका १० वटा वडाका अध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाल रेडक्रस कीर्तिपुर शाखा विपदब्यवस्थापन प्रमुख, कीर्तिपुर उध्योग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य एवं महिला उधमी विकास समिति सभापति सुजाता श्रेष्ठ, विभिन्न सामाजिक सस्था, सबै राजनीतिक दल एवं एनजीओहरुबीच गरिमामय उपस्थितिका साथ विविध बिषयमा छलफल भयो ।
केही तस्बिरहरू सम्प्रेसण माघ २ गते सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुनुका साथै सम्पूर्ण ऐतिहासिक, सांस्कृतिक, पौराणिक, पर्यटकीय सहर कीर्तिपुरका नगरवासीहरु, सरोकारवाला, एकीकृतरुपमा सहभागितासहित आ-आफ्नोतर्फबाट जिम्मेवारी, दायित्व बहन गर्ने गरी बैठकमा छलफल भएको थियो ।