काठमाडौँ, २३ पुष – ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेको छ ।
उक्त कल सेन्टरमा सीआईबीको टोलीले सोमबार राती छापा हानेको हो । सीआईबीले छापा हानेर ५३ जना मानिससँगै मोबाइल फोन र ल्यापटप बरामद गरेको छ ।
पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० दिपक थापाले जानकारी दिए ।
उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।


लाल्टिन खबर 






