images
images

श्रम मन्त्री शरतसिंह भण्डारी द्वारा दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एबम्  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शरतसिंह भण्डारीले प्रधानमन्त्री तथा एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मन्त्री भण्डारीले आज विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् । उनले दाहालको ६९ वर्षको उमेरमा भएको असामयिक निधनले आफू मर्मात र दुःखी भएको बताएका छन् ।

मन्त्री भण्डारीले व्यक्तिगत र लोसपा नेपालको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवाजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।

सीता दाहालको आज विहान निधन भएको थियो । निधनपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि  गरिएको छ ।