काठमाडौं, २३ पुष – आज (मंगलबार) विहानको शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ । चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा बन्द गरिएको हो ।
डिंग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार उक्त क्षेत्रका होटेल र आसपासमा क्षेत्रमा रहेका भवनमा भने कुनै क्षति पुगेको छैन । डिंग्रीमै रहेका चिनियाँ विज्ञान प्रतिष्ठान, वायुमण्डलीय तथा वातावरणीय अनुसन्धानको सगरमाथा स्टेसन बन्द भएका छन् । यस्तै त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि बन्द भएको छ । तर, समग्रमा भने ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको समाचारमा पुष्टि भइसकेको छ ।



लाल्टिन खबर 






