काठमाडौँ – विश्वप्रसिद्ध वौद्धिक खेल स्क्र्यावलको पाँचौँ संस्करण नेपालमा हुने भएको छ ।
आउँदो माघ ४ र ५ गते काठमाडौँ स्थित द सेलेब्रेसन स्कुलको प्रांगणमा हुने पाँचौँ अन्तर्राष्ट्रिय स्क्र्यावल प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलङ्का, थाइल्याण्ड र भारतका ५० भन्दा बढी किशोर किशोरीहरु खेलाडीहरु सहभागी हुने छन् ।
नेपालमा हुने यस खेलमा विभिन्न देशका खेलाडी, प्रशिक्षक लगायत २०० भन्दा बढी व्यक्तिहरु सहभागी हुँदा नेपालको खेलकुद विकासको साथै संस्कृति एवम् पर्यटन विकासमा समेत योगदान हुने यो प्रतियोगिता हामी सबैको लागि गर्वको विषय भएको प्रतियोगिताका संयोजक विकास अर्यालले बताए ।
दुई दिनसम्म चल्ने उक्त खेल विभिन्न आठ चरणमा सम्पन्न हुने छ । विजेताले ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन एवम् समापन कार्यक्रममा देशका प्रतिष्ठित सांसद, बुद्धिजीवी, स्थानीय सरकार प्रमुखहरु, व्यावसायी, अन्य विधाका खेलाडी लगायतका व्यक्तिहरु सहभागी हुने बताउँदै अथितिकहरुको स्वागतका लागि द सेलेब्रेसन स्कुलका विद्यार्थीले नेपाली मौलिक संस्कृति झल्काउने महत्वपूर्ण प्रस्तुती समेत दिने कार्यक्रम संयोजक अर्यालले बताए ।