images

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौं – काठमाडौँ स्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवं उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ।

विभिन्न कार्यक्रम गरी शुक्रबार दूतावासले सो दिवस मनाएको हो ।

दूतावासले आयोजना गरेको कार्यक्रममा गीताञ्जली ब्रान्डनले विश्व हिन्दी दिवसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएकी थिइन् ।

कार्यक्रममा काठमाडौंका धेरै विद्यालयहरूले हिन्दी कविता वाचन र नाटकहरूमा भाग लिए, जहाँ विद्यार्थीहरूले विभिन्न गम्भीर विषयहरूमा कविताहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारहरूले पनि भाग लिएका थिए । यस अवसरमा भारत-नेपाल मैत्री कवि सम्मेलन पनि आयोजना गरिएको थियो, जहाँ प्रख्यात कविहरूले हिन्दी कविताहरू वाचन गरेका थिए ।

विश्व हिन्दी दिवस हरेक वर्ष जनवरी १० मा विश्वव्यापी रूपमा मनाइँदै आएको छ ।

कार्यक्रममा सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मंगलप्रसाद गुप्ता, डा. गोपाल ठाकुर, निशा शर्मा, गीताञ्जली ब्रान्डन र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।