![](https://laltinkhabar.com/wp-content/uploads/2024/12/KP-Oli-1-1568x998.jpg)
काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी मन्त्रिपरिषद् बैठक चलिरहेको छ।
शुक्रबार साँझ ७ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ।
यसअघि शुक्रबार अपराह्न प्रधानमन्त्री केपी शर्मा औली कानुनमन्त्री र मुख्यसचिवका साथमा राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए।
उनी कानुनमन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटासहित राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्।