images

न्याय परिषद्को सदस्यमा खड्का सिफारिस

काठमाडौँ – नेपाल बार एशोसिएसनले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गरेको छ।

शनिबार बसेको बारको कार्यसमिति बैठकले खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो। रिक्त सदस्य पदमा खड्का सिफारिस भएका हुन्।

उनी  डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) निकट हुन्।