काठमाडौं –रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन्।
सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए।
त्यसदिन पोखराकै लेकसाइटस्थित होटल बसुन्धरामा बसेका उनी हिजो शुक्रबार स्थलमार्ग हुँदै मध्यरात काठमाडौं आइपुगेकी उनकी पत्नी निकिता पौडेलले बताइन्।
भोलि विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर भई त्यहाँ दायर भएको मुद्दाको प्रक्रियामा सहभागी हुने उनले बताइन्। ‘भोलि जाने कुरा छ, आज कानुन व्यवसायी साथीहरुसँग सरसल्लाह गर्नुहुन्छ’, उनले भनिन्।