images

दुबै प्रहरी प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

काठमाडौंनेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रतिनिधि सभाको आगामी अधिवेशनमा पेश गर्न गृह मन्त्रालयलाई स्वीकृति दिएको हो ।

गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो ।मन्त्रिपरिषद्को विधेयक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्मा पेश गरिएको गृहमन्त्री लेखकले जानकारी दिए। अब उक्त विधेयक पारितका लागि संघीय संसद्को आगामी बैठकमा पेश गरिने गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकका अनुसार मन्त्रिपरिषद्माको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्मामा पेश गरिएको थियो ।

विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने उनको भनाई छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियोे । बिधेयकमा ३० वर्षे सेवा हद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान छ ।