अदालतले निर्दोष हो भनेको होइन’ महतले भने ।
काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतले निर्दोष भनेर नछाडेको जिकिर गरेका छन् ।
आज (शनिबार) नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले भने, ‘उ त छुट्यो भनेर हल्ला मच्चाइरहेका छन्, धरौटी के को लागि ६५ लाख ? अदालतले यो–यो कारणले नराखीकन छोड्न मिल्दैन भने पछि । केही समस्या नभएको भए धरौटी माग्थ्यो ?’