images
images

प्रधानमन्त्री ‘प्रचण्ड’को सचिवालयद्वारा सीता दाहालको निधिनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले ‘प्रचण्ड’की  जीवनसंगिनी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

सचिवालयले प्रधानमन्त्रीलगायत शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गरेको छ ।

यस्तै समवेदना प्रकट गर्न आउनेका लागि बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दराई ‘परवाना’ का अनुसार असार २९ गतेसम्म बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि बेलुका ६ बजेसम्म श्रद्धाञ्जलीका लागि व्यवस्था गरिएको छ ।