images

५ महिनामा वाणिज्य बैंकहरूको नाफा ३० अर्ब ५९ करोड ३० लाख, नबिल पहिलो बन्दा कुनले कति कमाए ?

काठमाडौं, २९ पुष – चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा वाणिज्य बैंकहरूले साढे ३० अर्ब खुद नाफा गरेका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका हुन् । कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको नाफा ३७ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार नाफा आर्जनमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ । नबिलले ५ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गर्दा ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

बढी नाफा गर्ने बैंकको तेस्रो स्थानमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रहेकाे छ । यस बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कुमारी बैंकले १ अर्ब ९९ करोड रुपैयाँ, प्राइम कमर्सियलले १ अर्ब ९७ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, एनएमबिले १ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा गरेका हुन्।

त्यसैगरी नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएका छ्न्।

सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनलले ६९ करोड ४९ लाख रुपैयाँ, र सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका छ्न्।

यस्तै माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ र  एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा गरेका छ्न्।

यस अवधिमा कृषि बिकास बैंक भने नोक्सानी गएको राष्ट्र बैंकको ५ महिनाको पारम्भिक तथ्यांकले देखाएको छ। केही दिनभित्रमा बैंकहरुले प्राकाशन गर्ने वित्तीय विवरणले थप प्रस्टता दिनेछ।