images

देउवाले बोलाए पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

काठमाडौं,  २ माघ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।

दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि भोलि बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका हुन् ।

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।
साथै, देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरूबीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको बताइएको छ ।