images
images

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं, २८ असार । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर केसीले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै स्वर्गीय सीता दाहालप्रति संगठनको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै, महासंघले परिवारजन र पार्टी पंक्तिप्रति समेवेदनासमेत व्यक्त गरेको छ ।

‘हामी क.सीता दाहालले नेपालको राष्ट्रियता, जनजीविका, राजनीतिक परिवर्तन र वर्गीय मुक्तिको संघर्षमा खेल्नुभएको अविस्मरणीय भूमिकाको उच्च सम्मानसहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष क. प्रचण्डसहित सबै परिवारजन र सम्पूर्ण पार्टी पंक्तिप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’– अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले शोकको घडीमा संगठनका सबै नेता, कार्यकर्ता, सदस्यहरू, न्यायप्रेमी किसानहरू, सम्पूर्ण सर्वहारा वर्ग र आम जनसमुदायलाई शोकलाई शक्तिमा बदल्दै स्वर्गीय सीता दाहालले देखेको समाजवादी नेपाल निर्माणको सपनालाई पूरा गर्न एकताबद्ध हुनसमेत आग्रह गरेको छ ।

न्याय, समानता, समृद्धि एवम् सुशासनसहितको भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले सुरु गरेको महाअभियानलाई दृढतापूर्वक सहयोग र समर्थन गनसमेत अपील गरिएको छ ।
सीता दाहालको हिजो (बुधबार) विहान ८ः ३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।