images

रविलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको अदालत स्रोतले जानकारी दिएको छ।

सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूको थुनछेक बहस सकिएसँगै काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा अदालतले यस्तो आदेश दिएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।

पहिलो दिन आइतबार लामिछानेको बयान भएको थियो भने सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको थियो।

बुधबार रविका कानुन व्यवसायीहरूले बहस गरेका थिए।