images
images

ओखलढुंगामा चिसो पेय पदार्थ प्रयोगमा प्रतिबन्ध

ओखलढुंगा । ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानमा कोक, डिउ लगायत बजारमा पाईने पेय पदार्थ प्रयोगमा प्रतिबन्ध लगाईएको छ । वडामा रहेकाे पवित्र आमा समूहले बजारमा पाईने पेय पदार्थ गाउँमा प्रयोग गर्न निषेध गरेको हो ।

गाउँमा हुने विबाह, ब्रतबन्ध, जन्मोन्सव साथै संस्कार अनुसारको पितृ कार्यहरुमा अत्याधिक कोक, डिउ लगायत बजारमा पाईने पेय पर्दार्थको प्रयोग बढ्न थालेपछी प्रतिबन्ध गरिएको समूहकी अध्यक्ष धनकुमारी राईले बताईन् ।

गाउँमा गरिने भोजकार्यमा यसको अत्याधिक प्रयोग बढेको र यसले आर्थिक भार समेत बृद्धि गरेकाले निषेध गर्ने निर्णय गरिएको राईको भनाई छ ।

आमा समूह र स्थानियहरुको सहमतिमा गाउँमा गरिने कुनै पनि शुभकार्यमा यसको प्रयोग नगरिने निर्णय भएको राईले बताइन् । कोहीबाट सहमतिको उल्लंघन भए नियम अनुसार जरिवाना गर्ने निर्णय समेत भएको उनकाे भनाइ छ ।