images
images

मिटरब्याजसम्बन्धी विधेयक पास भएकोमा गृहमन्त्री श्रेष्ठले दिए राष्ट्रियसभालाई धन्यवाद

काठमाडौं,२८ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज सम्बन्धी विधेयक पास भएकोमा राष्ट्रियसभालाई धन्यवाद दिएका छन् ।

बिहीबार विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका श्रेष्ठले मिटरब्याज जस्तो सामन्ती शोषणको अवशेषलाई अन्त्य गर्न राष्ट्रियसभाले भूमिका खेलेको भन्दै धन्यवाद दिएका हुन् ।

उनले भने ‘अनुचित लेनदेन अर्थात मिटरब्याजी सम्बन्धी विधेयक पारित भएको छ । यस ऐतिहासिक काम सामन्ती शोषणको अवशेषलाई अन्त्य गर्ने सवालमा यो सदनको पहल कदमीका निम्ती सम्मानित सदन,सभा अध्यक्षज्यू र माननीय सदस्यहरुलाई म धन्यवाद व्यक्त गर्न चाहान्छु’