images

सांसद ढकाल अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा सहभागी हुने

काठमाडौं- प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल शनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छन । यहि जनवरी २० मा अमेरिकाको वाशिंगटन, डीसी आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद ढकाल अमेरिका गएको हो ।

सांसद ढकालसँगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि छिन। पूर्वमन्त्री समेत रहनुभएका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष बिनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापाका साथै केन्द्रीय सदस्यहरु निला श्रेष्ठ कामना भुसाल, अघिवत्ता बिष्णु गिरी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिदाइ गरेको थिए ।

सो क्रममा सांसद ढकालले विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको सपथ ग्रहणमा सहभागि हुने अवसरको रुपमा प्रयोग गर्दै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए ।

सांसद ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुनुका साथै नेपाल–अमेरिका संसदीय मैत्री समूहमा समेत आवद्ध छन