images

समिति बैठकमा प्रधानमन्त्री ओली नआएकामा ठाकुुर गैरेको आपत्ति

काठमाडाैं, ६ माघ – प्रधानमन्त्री र मन्त्रीहरु संसदीय समितिमा उपस्थित नभएकामा संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले प्रधानमन्त्री र मन्त्री बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएको हो ।

समिति सभापति ठाकुर गैरेले सरकारले समितिलाई अवमूल्यन गरेको बताए । ‘संसदीय समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने परम्परा छ, गैरेले भने, ‘आजको बैठकमा प्रधानमन्त्री र सरकारका कुनै पनि मन्त्रीज्यू आउनुभएन । यसबारे यो समिति सरकारको ध्यानाकर्षण गराउँदछ ।’

समितिले संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न आइतबार बैठक बोलाएको थियो ।

संसदीय समितिमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था संसद नियमावलीमा छ ।

बैठकमा सहभागी मुख्यसचिव अर्यालले समितिको ध्यानाकर्षणबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।