काठमाडौं, ७ माघ – अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आज (सोमबार) शपथ ग्रहण गर्दैछन् । दोस्रो कार्यकालका लागि ट्रम्पले नेपाली समय अनुसार आज राति अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिन लागेका हुन् ।
सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरू वासिङ्टन पुगेका छन् । कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पदभार ग्रहण गरेसँगै ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने, अध्यादेश ल्याउने तयारी गरेका छन् । ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित विषयलाई कार्यादेशमा समेट्ने छन् । यस अगाडि सन् २०१७ मा पनि ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए ।