काठमाडौं, ७ माघ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा डा. कृष्णहरि पुष्कर नियुक्त भएका छैन् ।
यसअघि प्रधानमन्त्री तथा मुन्त्रिपरिषद् कार्यालयमा कार्यरत नवनियुक्त सचिव पुष्कलाई मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको हो । श्रम मन्त्रालयका सचिव मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।
श्रम मन्त्रालयमा सरुवा भएर आएका नवनियुक्त सचिव पुष्करले त्रिभुवन विश्वविद्यालयबाट ‘द्वन्द्व, शान्ति र विकास अध्ययन’ विषयमा विद्यावारिधि गरेका छन् । वैदेशिक रोजगारीमा जाने कामदार र रोजगारदाताबीच हुने द्वन्द्वबारे अध्ययन गर्दै उनले इन्द्र व्यवस्थापनमा कूटनीतिक नियोगहरूको भूमिकाबारे समेत विद्यावारिधिमार्फत महत्त्वपूर्ण सिफारिस गरेका छन् ।
रोजगारदाता र कामदारबीच हुने द्वन्द्वबारे गरिएको अध्ययनमा सचिव पुष्करले द्वन्द्व व्यवस्थापनमा कूटनीतिक नियोगहरूको भूमिकाबारे समेत गहन रूपमा उल्लेख गरेका छन् । केही वर्षअघि वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पूरा गरिसकेका सचिव पुष्करले ‘जी टु जी’ सम्झौताबाट दक्षिण कोरिया जाने कामदार र म्यानपावर कम्पनीबाट कतारलगायतका मुलुकमा गई कार्यरत कामदार हरूबीचको द्वन्द्वबारे अध्ययन केन्द्रित गरेका थिए ।
सो समय विदेशस्थित नेपाली दूतावासहरूबाट अपेक्षित सहयोग पुग्न नसकेको उल्लेख गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले क्षमता वृद्धि गर्नुपर्ने उनको निष्कर्ष थियो । नवनियुक्त सचिव पुष्करले अर्थ मन्त्रालयको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको जिम्मेवारी पनि सफलतापूर्वक पूरा गरिसकेका छन ।